द्वन्द्वपीडित साझा चौतारीले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी चयन गर्न बनेको सिफारिस समितिले पहिल्यै पदच्यूत भइसकेका व्यक्तिको नाम फेरि समावेश गरेको भन्दै संघीय संसद्मा ज्ञापनपत्र बुझाएको छ। संसद् सचिवालय सिंहदरबारमा बुझाइएको ज्ञापनपत्रमा आयोगका पदाधिकारी सिफरिसका क्रममा मंसिर २ गते प्रकाशित सूचनामा पुराना पदाधिकारीको नामसमेत समावेश भएको उल्लेख गर्दै त्यसरी दोहो-याउन नहुने उल्लेख छ। संसद्बाट अक्षम घोषणा भई पदमुक्त भएकाहरू नै आयोगमा पुनर्नियुक्त हुने सम्भावना देखिएको ज्ञापनपत्रमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *