चार महिनापछि संसद्ले नयाँ सभामुख पाएको छ । आइतबारको प्रतिनिधिसभा बैठकले सांसद अग्नि सापकोटालाई निर्विरोध सभामुख निर्वाचित गरेको हो । आइतबारको संसद् बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । ७ माघमा सभामुखका लागि सापकोटाको मात्रै उम्मेदवारी दर्ता भएको थियो । प्रमुख प्रतिपक्ष कांग्रेस र अन्य दलले सभामुखमा उम्मेदवारी दिएका थिएनन् । संसद् सचिवालयकी कर्मचारीसँग यौन दुव्र्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा राजीनामा दिएका थिए । त्यसयता सभामुख पद रिक्त रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *